यु–१९ एसिया कपका लागि राष्ट्रिय टिमकाे घोषणा, २ खेलाडी बाहिरिए

समाधान संवाददाता २०७६ भदौ ५ गते १५:०२

समाधान संवाददाता, काठमाडाैं

श्रीलंकामा आयोजना हुने एसिसी य्–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरको छ ।

प्रशिक्षक विनोदकुमार दासले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका छन् । टिममा स्पिनर सूर्य तामाङ र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

Advertisement

टिममा रोहितकुमार पौडेलसँगै पवन सर्राफ, सन्दीप जोरा र आसिफ शेखसँग सिनियर टिमबाट खेलेको अनुभव छ ।

गत महिना मलेसियामा आयोजना भएको यु–१९ इस्टर्न रिजन प्रतियोगिता खेलेका विशालविक्रम केसी र तिलकराज भण्डारी टिममा समावेश छैनन् ।

Advertisement

खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।

भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । यस्तै नेपालले बंगलादेशसँग भदौ २२ र युएईसँग भदौ २४ गते खेल्नेछ ।

समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

नेपाली टिम शनिबार भारत प्रस्थान गर्नेछ । भारतमा केहि दिन अभ्यास गरेपछि नेपाली टिम त्यतैबाट श्रीलंका पुग्नेछ ।

नेपाली टिम 
रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम,प्रतिश जिसी

सपोर्ट स्टाफ 
राजु खड्का – म्यानेजर 
विनोदकुमार दास – मुख्य प्रशिक्षक 
अपूर्भा देसाइ – ब्याटिङ कन्सल्ट्यान्ट 
विक्रम न्यौपाने – फिजियो 
सुवास पात्रो – ट्रेनर

तपाईको प्रतिक्रिया