बैठक चलाउँदा-चलाउँदै सभामुखले बच्चालाई दुध खुवाए, भिडिओ भयो भाइरल

एजेन्सी
संसदीय व्यवस्थामा सभामुखको काम संसद चलाउने हो । सरकार र प्रतिपक्षका सांसदलाई मिलाएर विधेयक र समयसामयिक विषयमा छलफल र बहस गराउने जिम्मा उनको हुन्छ । कहिलेकाहीँ यो भूमिका निभाउन सजिलो हुन्छ, विवादित विषय र चर्काचर्की बहस हुँदा कठिन ।
संसदमा यस्तै चर्काचर्की बहस भइरहेका बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन् ।
यो बुधबारको घटना हो । सांसदहरूले तर्कवितर्क गरिरहेका बेला सभामुख ट्रेभर मालार्डले आफ्नो काखमा एक बच्चा राखेका थिए र उसलाई बोतलबाट दूध खुवाइरहेका थिए ।
डेढ महिनाको ती बालक सत्तारूढ लेबर पार्टीकी सांसद तमाटी कोफीका छोरा हुन् ।
सांसद कोफी बच्चा समाएरै बहस गर्न थालेपछि सभामुखले आफूले बच्चा समाइदिने बताएका थिए ।
सभामुख मालार्ड साँझ ट्वीट गर्दै सभामुखको कुर्सीमा प्राय: जिम्मेवार अधिकारीमात्र बस्छन् । तर आज मसँग एकजना भिआइपी पनि कुर्सीमा बसे भन्दै फोटोसहितको ट्वीट गरेका छन् ।
मालार्डले ती बच्चालाई दूध खुवाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ । भिडिओ अहिले भाइरल बनिरहेको छ । धेरैले उनको यो कामको तारिफ गरेका छन् ।
मालार्डले दुई वर्षअघि संसदलाई बच्चामैत्री बनाउने कानुन पारित गराएका थिए ।
अहिले दर्जन बढी सांसदहरू बच्चासहित संसद आउँछन् ।
केही समयअघिमात्र न्युजिल्याण्ड प्रधानमन्त्रीले गर्भवती हुँदा विदा लिएकी थिइन् । उनी प्रधानमन्त्री हुँदा बच्चा पाउने पाकिस्तानकी बेनेजिर भुट्टोपछिकी दोस्रो महिला हुन् ।









फेवाताल पुर्नेलाई कारबाही माग
प्रचण्ड कास्की ३ बाट सिफारिस
सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया