लाईफ केयरद्वारा तीजकाे अवसरमा महिलालाई सुगर र युरिक एसिडकाे निशुल्क जाँच

समाधान संवाददाता २०७६ भदौ ६ गते १४:३८

समाधान संवाददाता, पोखरा

पोखरा न्युरोडस्थित लाईफ केयर डाईग्नोस्टिक एन्ट रिसर्च सेन्टरले तीजमा महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने जनाएको छ ।

३ करोड लगानी रहेको सेन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ बर्गमा सूचीकृत छ । डाक्टरसहित २२ जना प्राविधिकले सेवा दिँदै आएको सेन्टरले सिएम भ्यालोर भारत र बायोकेमिकल संगठन अस्ट्रेलियाको सहकार्यमा गुणस्तर मापन सञ्चालन गरिरहेको केयरका कार्यकारी प्रमुख शुक्रराज कँडेलले बताए ।

Advertisement

लाईफ केयरले भदौ १ गतेबाट १६ गतेसम्म महिलालाई सुगर र युरिक एसिडको रक्त परीक्षणमा निशुल्क र अन्य परीक्षणमा ५० प्रतिशत छुट गरेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया