अनवरत कृषि सहकारी ६ वर्षमा

समाधान संवाददाता २०७६ भदौ ९ गते ११:५३

समाधान संवाददाता
पोखरा

पोखरा २५ हेमजामा अवस्थित अनवरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक शनिबार भएको छ । कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारीले वर्षमा कम्तीमा १० जनालाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा सहजकर्ता भीमप्रसाद श्रेष्ठ, बहुउद्देश्यीय किसान सहकारी संस्थाका अध्यक्ष धर्मराज बास्तोला, हेमजा सञ्चार सहकारी संस्थाका अध्यक्ष मीनराज तिम्सिना, गौरीशंकर बचत तथा ऋण सहकारीका अध्यक्ष केशवशरण पौडेल, सफल कृपा बचत तथा ऋण सहकारी अध्यक्ष धनबहादुर थापा, हेमजा बचत तथा ऋण सहकारी अध्यक्ष होतराज त्रिपाठी, तीव्रीकोट कृषि सहकारी सचिव श्रीराम त्रिपाठी, हेमजा भूपू सैनिक कृषि सहकारी सचिव सुरेश सापकोटा, सहकारीकर्मी सन्तोष घिमिरे, लेखा समिति संयोजक इन्दिराकुमारी खत्री, कोषाध्यक्ष जीवन तिमिल्सना लगायतले बोलेका थिए ।

Advertisement

सहकारीको सेयर पुँजी ७१ लाख ७८ हजार १ सय रहेकोमा कर्जा लगानी २ करोड ३२ लाख २९ हजार ६ सय ७४ छ । सहकारीले १ करोड ९८ लाख ६१ हजार ७ सय ५३ निक्षेप संकलन गरेको व्यस्थापक जीवन तिम्सिनाले बताए । कार्यक्रममा उत्कृष्ट बचततर्फ सर्मिला अधिकारी तिम्सिना र कर्जातर्फ बिबाकुमारी पाण्डेलाई सम्मान गरियो । कार्यक्रम सहकारीका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया