शालिकराम आत्महत्या प्रकरणः रवि लामिछानेको बयान आज

समाधान संवाददाता २०७६ भदौ ९ गते १२:०४

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग आज बयान लिइने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की भनिने रूकुलाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो । 

जिल्ला अदालत चितवनका श्रेस्तेदार रूद्रमणि गिरीका अनुसार सोमबार रवि लामिछानेको बयान हुन्छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान जारी छ ।

Advertisement

लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया