पत्रकार अर्जुन गिरीलाई सफाइ

समाधान संवाददाता २०७६ भदौ ९ गते १२:२५

समाधान संवाददाता, पाेखरा

समाचार लेखेकै भरमा साइबर अपराधको अभियोग लागेका ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन् । गिरीविरुद्ध लागेको अभियोगको दाबी नपुग्ने ठहर जिल्ला अदालत काठमाडौंले आइतबार गरेको हो ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी अभियोगमा गिरीविरुद्ध दायर गरेको मुद्दामा फैसला गरेका हुन् । बिपेन्द्रराज बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) दिएको जाहेरीका आधारमा सम्पादक गिरीलाई कास्की प्रहरीले २ वैशाखमा पक्राउ गरी काठमाडौं लगेको थियो । पक्राउ परेको ४ दिनपछि अदालतले गिरीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

Advertisement

अदालतले आइतबार फैसला गर्दै साइबर अपराधको अभियोग दाबी नपुग्ने प्रष्ट पारेको हो । गिरीको गिरफ्तारीविरुद्ध पत्रकार महासंघले देशव्यापी आन्दोलन गरेको थियो । गिरीविरुद्धको मुद्दामा अदालतमा ४ पटक पेसी भएको थियो । उनको मुद्दामा आइतबार वरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यसअघि अधिवक्ता स्वागत नेपालले पनि उनको पक्षमा पैरवी गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया