अधिकृतविरुद्ध भ्रस्टाचार मुद्दा

समाधान संवाददाता २०७६ भदौ ९ गते १२:४३

समाधान संवाददाता, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरका मुख्य अधिकृत गिरिराज कोइरालाविरुद्ध विशेष अदालतमा आइताबार मुद्दा दायर गरेको छ । काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै कोइरालाले ६ लाख ७५ हजार घुस माग गरेको आरोप छ । विद्यार्थीले जरीवानास्वरुप तिर्नु बुझाउनुपर्ने रकम मिलाइदिने भन्दै घुस मागेको पुष्टि भएको आयोगले दाबी गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

यसैगरी, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कमवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध विशेष अदालतमा आइतबारै मुद्दा दायर गरेको छ । उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका लागि विभिन्न बहाना गरी अमात्यले ५० हजार घुस मागेको आरोप लागेको छ । आयोगले बिगो असुल गरी कानुनअनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत नायब सुब्बा सनोज महत्तोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुरानो मुद्दाको पेशी चढाइ चाँडै मुद्दा फैसला गरिदिने भन्दै १ सेवाग्राहीसँग महत्तोले १० हजार घुस माग गरेको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया