पोखरा विश्वविद्यालयमा संसद अभ्यास

समाधान संवाददाता २०७६ भदौ ९ गते १३:१५
kf]v/f, * ebf} -/f;;_M kf]v/f ljZjljBfno, dfgljsL tyf ;fdflhszf:q ;+sfo / 6f]gL xfug kmfpG8]zg, sf7df8f+}sf] ;+o'Qm cfof]hgfdf kf]v/f ljZjljBfnodf cfof]lht Ps lbj;Lo gd'gf o'jf ;+;b cEof;sf ljleGg e"ldsf lgjf{x ub}{ ljBfyL{x¿ . t:jL/M jf;'b]j kf}8]n

पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय र टोनी हागन फाउन्डेसनले आइतबार पोखरामा गरेको नमुना युवा संसद अभ्यास ।

समाधान संवाददाता, पोखरा

पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय र टोनी हागन फाउन्डेसनको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा १ दिवसीय नमुना युवा संसद् अभ्यास गरिएको छ ।

Advertisement

गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक आइतबार भएको नमुना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ स्नातक तहका विद्यार्थीको सहभागिता थियो ।

विद्यार्थीलाई प्रजातान्त्रिक प्रणालीअनुसार संसद्मा हुने संसदीय काम कारवाहीका विषय र पद्दतिका सम्बन्धमा यही भदौ ६ गते नेपाल संसद्का पूर्वसचिव तोयानाथ भट्टराई र पूर्वसांसद फटिक थापाले जानकारी गराएका थिए । सोही तालिमका आधारमा विद्यार्थीले संसद्मा हुने र सञ्चालन गरिने पद्दतिका विषयमा विभिन्न भूमिका निर्वाह गरेका थिए ।

Advertisement

नमुना संसद्मा विद्यार्थीले ज्येष्ठ सांसद, सभामुख, पर्यटनमन्त्री, प्रमुख विपक्षी दलका नेता, सत्तापक्षका सचेतक, विपक्षी दलका सचेतक, सचिवालय सदस्य, वक्ता, मर्यादापालकजस्ता खास–खास पदको भूमिका निभाएका थिए । कार्यक्रममा प्रस्ताव दर्ता गर्ने, तिनको छनोट गर्ने, सभामुखबाट स्वीकृति प्रदान गर्ने, प्रस्तावको समर्थन र विरोध, अन्य पदाधिकारी छनोटका साथै संकल्प प्रस्ताव पारित गर्न नमूना युवा संसद्मा मतदानसमेत गरिएको थियो ।

कार्यक्रममा टोनी हागन फाउन्डेसन अध्यक्ष प्राडा प्रमोदकुमार झाले आगामी दिनमा यस्तो कार्यक्रमका लागि प्राविधिक सहयोग गर्न सकिने बताए । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले गण्डकी प्रदेशका विभिन्न महाविद्यालय तथा क्याम्पससँग सहकार्य गरी नमूना युवा संसद् सञ्चालन गर्न सकिने बताए । कार्यक्रमको अन्त्यमा टोनी हागनले नेपालका विभिन्न स्थानमा अध्ययन भ्रमणका क्रममा संकलित सामग्रीका आधारमा बनाइएको ‘उहिलेको नेपाल’ नामक वृत्तचित्र देखाइएको थियो ।

कार्यक्रममा प्राडा कृष्ण पौडेल र वसन्त थापाले नेपालका लागि टोनी हागनले गरेका महत्वपूर्ण योगदानको बारेमा समेत चर्चा गरे । फाउन्डेनिका तर्फबाट अध्यक्ष झाले टोनी हागनको केही प्रसिद्ध पुस्तक पोखरा विश्वविद्यालयलाई हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया