अमिताभको घोषणाः निधनपछि मेरो सम्पति छोराछोरीलाई बराबरी भाग लाग्छ

समाधान संवाददाता २०७६ भदौ ९ गते १५:५२

एजेन्सी

अमिताभ बच्चन बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता मध्येका एक हुन् । यस्तोमा उनको निधनपछि उनको सम्पतीलाई उनले के गर्नेछन् भन्नेमा पनि धेरैको चासो छ ।

बारतीय समाजमा प्रायजसो अवस्थामा पिताको सम्पतिमा छोराको अधिकार हुनेगरेको छ र बाबुको सम्पति छोरालाई हस्तान्तरण गरिन्छ । तर अमिताभ बच्चन भने यस मानेमा फरक हुने भएका छन् ।

Advertisement

उनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका छन् । संमग्र भारतलाई संदेश दिनका लागि उनले यस्तो गर्न लागेका हुन् ।

हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका पाहुना समक्ष यस्तो बताएका हुन् ।

Advertisement

‘म नरहेपछि धेरै थोरै जे सम्पति छ, त्यो मेरो संतानको हुनेछ । मेरा एक छोरा र एक छोरी छन् । यो दुबैलाई बराबरी बाँडिनेछ’, अमिताभले भने ।

यस अनुसार अमिताभले आफूले कमाएको सम्पति आफ्ना छोरा अभिषेकसँगै छोरी स्वेता नन्दालाई पनि दिनेछन् ।

अमिताभले यस्तो निर्णय गर्दै छोराछोरीलाई बराबरी गर्नुपर्ने संदेश दिन खोजेका छन् । धेरैले अमिताभको यस कदमको स्वागत र प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया