उपल्लो मुस्ताङ जाने दोहोरो ट्र्याक खुल्ला

समाधान संवाददाता
मुस्ताङ
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुलको कालीगण्डकी करिडोर, स्थानीय जनप्रतिनिधि र मुस्ताङ प्रशासनको रोहबरमा पुल उद्घाटन गरिएको हो ।
यसअघि नै उद्घाटन गर्ने भनिएको पुल कालीगण्डकी नदी कटानका कारण स्थगित भएको थियो । बाढीले निर्माणाधीन पुलको आरसिसी पुल जोड्ने एप्रोज माटो फिलिङ गरिएको ट्र्याकमा क्षति पुर्याएको थियो ।
बाढीले क्षति पु¥याएको संरचना ३ वटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्र्याक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।
उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सहज भएको पर्यटक सवारी चालक दिप राईले बताए । पक्की पुल बनेकाले अब बाह्रै महिना निर्वाध सवारी साधन उपल्लो मुस्ताङ जानसक्ने बताए ।
मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणधीन २५ मिटर लामो पुल निर्माणमा ढिलाइ भएको छ ।
मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिले २०७१ सालमा सुरु गरेको हो । ४ करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया