मगर संघमा चन्द्रबहादुरकै निरन्तरता

समाधान संवाददाता २०७६ भदौ १२ गते १३:२७

समाधान संवाददाता, पोखरा

नेपाल मगर संघ ढुंगेसाँघु एकाइको अध्यक्षमा चन्द्रबहादुर आलेमगरले नयाँ कार्यकालका लागि समेत निरन्तरता पाएका छन् ।

एकाइको पाँचौं अधिवेशनबाट उपाध्यक्ष लोकमाया थापामगर, सचिव खिलाप दर्लामीमगर, सहसचिव अनु छम्पालीमगर, कोषाध्यक्ष सरीता थापामगर र सहकोषाध्यक्ष सिर्जना रानामगर चयन भए । सदस्यहरू नेत्रमाया थापामगर, शोभा आलेमगर, टोपकुमारी रानामगर, अम्मरबहादुर थापामगर, श्रीमाया आलेमगर, कर्णबहादुर थापामगर, सञ्जय छम्पालीमगर, सीता थापामगर र रामकुमारी थापामगर छन् ।

Advertisement

कार्यक्रममा नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुनमगर, नेपाल मगर महिला संघ कास्की अध्यक्ष नुनु रानामगर, प्रेम आलेमगर लगायतले सम्बोधन बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया