शुक्लागण्डकीमा भाइरल ज्वरोको प्रकोप

समाधान संवाददाता २०७६ भदौ १२ गते १३:३८

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी ९ स्वाँरा गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । ठूलोधारा पधेँराको पानी खाएका १२ घरका सबैलाई १ हप्ता अघि ज्वरो आउने लगायतका समस्या भएको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

१२ घरपरिवारमा करिब ४५ जना बस्छन् । ‘१ हप्तादेखि नै ज्वरो, रुघाखोकी, टाउको दुख्ने समस्या भएको रहेछ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘हामीलाई आइतबारमात्र थाहा भयो ।’ स्वास्थ्य शाखासँग समन्वय गरी स्वास्थ्यकर्मीको टोली गाउँमा परिचालन गरिएको छ ।’ बिरामी भएका उनीहरु पोलिक्लिनिक र मेडिकलमा जँचाउन आएका थिए । परिवारका सबै सदस्य बिरामी भएपछि उनीहरुले गाडी नै रिजर्भ गरेर दुलेगौंडाका निजी स्वास्थ्य संस्थामा उपचार गराएका थिए ।

Advertisement

स्वास्थ्य शाखाका प्रमुख अजय श्रीवास्तवले ज्वरोको प्रकोप फैलिएको स्थानमा स्वास्थ्यकर्मी गएर उपचार थालेको जानकारी दिए । ‘सोमबार हामीले २० जना स्थानीयको उपचार ग¥यौं, कतिपय केही दिन अघि नै मेडिकल र क्लिनिकमा आएर उपचार गराएकोे पाइयो,’ उनले भने, दूषित पानीका कारण प्रकोप फैलिएको प्रारम्भिक अनुमान गरेका छौं ।’ वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख हेल्थ असिस्टेन्ट सफल आले नेतृत्वको ५ जना स्वास्थ्यकर्मीको टोली प्रकोप प्रभावित गाउँमा पुगेको छ ।

शाखा प्रमुख श्रीवास्तवले बच्चा, युवादेखि वृद्धवृद्धा सबै बिरामी भएको बताए । उपचारका लागि नआएका सबैको जाँच गरी निशुल्क औषधीसमेत वितरण गरिएको उनले जानकारी दिए । खानेपानीका कारण प्रकोप फैलिएको बताउँदै उनले उमालेको पानी पिउन र सतर्क रहन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया