बाटो छ, बाटो छैन !

म्याग्दी, दानाको सडकमा फसेको मालवाहक ट्रक । तस्विरः इन्द्रसिह शेरचन÷म्याग्दी
एसके थकाली
मुस्ताङ
बेनी–जोमसोम हिलाम्मे सडकमा मुस्ताङ गन्तव्यका लागि हिडेका सवारीलाई सकस परेको छ । सडकको म्याग्दी खण्डका ठाउँ ठाउँमा सडक हिलाम्मे छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको म्याग्दी खण्डका आधा दर्जन स्थानमा सडक हिलाम्मे भएको करिडोर सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
बेनी–जोमसोम ७६ किलोमिटर सडक खण्डको दोस्रो प्याकेज अन्नपूर्ण गाउँपालिका दाना, रुप्से झरना र काभ्रेभीरमा सडक हिलाम्मे छ । म्याग्दीको भुरुङ तातोपानीदेखि मुस्ताङको कोवाङसम्म २ वटै प्याकेजको काम शर्मा गजुरमुखी जेभीले जिम्मा लिएको हो । बर्खायाममा म्याग्दी खण्डमा सडक हिलाम्मे हुने गर्छ । वर्षा रोकिए पनि सडक माथि फुटेको पानीको मुलले सडक हिलाम्मे बनेको हो । सडक निर्माण भइरहेको र नालीसमेत निर्माण भइनसकेकाले बाटो बिग्रिएको हो । शेरचनले भने, ‘पटक पटक निर्माण कम्पनीलाई पानी व्यवस्थित गर्न र हिलाम्मे सडक ग्राभेलिङ गर्न ताकेता ग¥यौं । कम्पनीले चासो दिएन ।’
सडकको पहिलो प्याकेज म्याग्दी खण्डको तिप्ल्याङमा सडक हिलाम्मे छ । सवारी चालक कृष्णमोहन नेपालीले निर्माणाधीन सडकमा करिडोरको मेसिनले खनेकाले थप सडक बिग्रिएको बताए । उनले सडकको अवस्था सुधार्न स्थानीय प्रशासन, करिडोर र निर्माण कम्पनीले चासो दिनुपर्ने सुझाए । अर्का सवारी चालक बुद्ध गुरुङले सडक हिलाम्मे हुँदा निकै सास्ती व्यहोर्नुपरेको सुनाए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया