लागुऔषधसहित ३ पक्राउ

समाधान संवाददाता २०७६ भदौ १५ गते ११:०७

समाधान संवाददाता, पाेखरा

पोखरामा शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ ।

Advertisement

पोखराको मेन्द्रपुल नजिक आज ग१च ४८६५ नंको कारलाई शङ्का लागि खानतलासी गर्दा उक्त कारमा चालकको साथमा रहेको कालो झोलाभित्र लागुऔषध नाइट्रोभ्याट–१० लेखिएको १२० चक्की र ९६ हजार ४५० रूपैयाँ बरामद गरिएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया