विभिन्न बैंकका एटिएम मेसिन चलेनन्

समाधान संवाददाता २०७६ भदौ १५ गते १३:००

समाधान संवाददाता, काठमाडाैं

आइतबार विभिन्न बैंकका एटिएम सेवा प्रभावित भएको छ । आइतबार बिहानदेखि केही बैंकका एटिएमबाट पैसा निकाल्न नमिल्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएममा समस्या भएको बताए ।

Advertisement

‘केही बैंकको एटिएमले काम गरेन भन्ने सूचना आएको छ, त्यसबारे विस्तृत जानकारी आएको छैन,’ निरौलाले भने ।

एटिएम प्रणाली ह्याक भने नभएको उनले दाबी गरे ।

Advertisement

यसअघि शुक्रबार राति प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो । 

परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।

नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो ।

तपाईको प्रतिक्रिया