विदेशबाट फर्किए मुख्यमन्त्री

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ १० दिने विदेश भ्रमण सकेर फर्किएका छन् । बेलायत भ्रमण सकेर उनी मंगलबार पोखरा आइपुगे । पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतबासी नेपाली उत्साहित देखिएको सुनाए ।
एनआरएन बेलायत र व्यवसायी गरेर बसेका नेपालीसँगको छलफलको क्रममा प्रदेशमा लगानीका लागि इच्छा देखाएको र लगानीमैत्री वातावरण बनाउने आफूले बचन दिएको उनले बताए । अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायत खेलकुद क्षेत्रमा सहारा युके लगायत संस्थाले व्यवस्थित लगानीको इच्छा देखाएको पनि मुख्यमन्त्री गुरुङले बताए ।
मुख्यमन्त्री गुरुङले भूपूगोर्खा सैनिकसँग समेत भेट गरेका थिए । भेटमा उनीहरुले आफूहरुले भोगिरहेको विभेदको विषयमा सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेको उनले बताए । मुख्यमन्त्रीको वेलायत भ्रमणको क्रममा पोखरा सहर र बेलायतको म्यानचेस्टर सिटीबीच भागिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल भएको छ ।
बेलायतका नेपालीभाषी जनप्रतिनिधि नर्थ योर्कसायरका मेयर जनक शर्मा र लण्डनका डेपुटी मेयर लक्ष्य गुरुङसँग भेटेर दुई पक्षीय हित र सहयोग सम्वन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले बताए । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यपकको समूहसँग समेत मुख्यमन्त्री गुरुङले भेटेका थिए । भेटको क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था र विभिन्न अध्ययन अनुसन्धान नेपाललाई सघाउने बचन प्राध्यापकले दिएको मुख्यमन्त्री गुरुङले बताए । समंग्रमा आफ्नो वेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउने महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङको दाबी छ ।
बेलायतमा आयोजना हुने नेपाली मेला भाग लिन मुख्यमन्त्री गुरुङ भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । विमानस्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वातावरण मन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया