नदीपुरमा क्लब स्तरीय भलिबल सुरु

समाधान संवाददाता २०७६ भदौ १८ गते १७:०६

समाधान संवाददाता
पोखरा

पोखराको नदिपुरमा दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । भदौ २१ गतेसम्म हुने प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र टिम ‘ए’ ले पिबिटी युनाइटेडलाई सोझो सेटमा पराजित गर्‍यो ।

दोस्रो खेलमा शान्ता भलिबल प्रशिक्षण केन्द्रलाई छन्त्याल समाजले सोझो सेटमै पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो । तेस्रो खेलमा स्याङ्जाको अनुपस्थितिमा विभागिय टोली एपीएफ टिम ‘बी’ बिजयी बन्यो । यसअघि कास्की जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष याम गुरुङले प्रतियोगिता उद्घाटन गरेका थिए । गुरुङले खेलकुदको विकासका लागि उक्त प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदले शरीर स्वस्थ राख्न, मर्यादित र अनुशासित हुन सिकाउने बताए ।

Advertisement

प्रतियोगितका खेलकुद संयोजक अनिल गुरुङले क्लब स्तरीय पुरुष भलिबलतर्फ १४, महिलातर्फ ९ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको बताए । गुरुङले उक्त प्रतियोगिताकोे पुरुषतर्फको विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६० हजार प्रदान गरिने बताए । उपविजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ४० हजार प्राप्त गर्नेछ ।

महिला तर्फका विजेता र उपविजेता टिमलाई क्रमश सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २० र १४ हजार प्रदान गरिनेछ । भेट्रान्सतर्फको विजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार प्राप्त गर्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया