स्याङ्जामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, २० घाइते
समाधान संवाददाता
२०७६ भदौ १८ गते १७:२९

समाधान संवाददाता, स्याङ्जा
स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जनाको शनाखत हुन सकेको छैन भने एक जना दुई वर्षीया बालिका कञ्चन परियार छन् ।
पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा २३ यात्रु सवार थिए । घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
‘चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको पाइयो’ उनले भने, ‘क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको हो ।’
सम्बन्धित







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया