कर्णालीका पूर्व मन्त्री धरौटीमा छुटे

समाधान संवाददाता २०७६ भदौ १९ गते १५:४८

समाधान संवाददाता, काठमाडौं

बैंकको रकम हिनामिना गरेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री ५ लाख धरौटी बुझाएर छुटेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले खत्रीसँग ५ लाख धरौटी माग गरेको प्रवक्ता मोहन सुवेदीले जानकारी दिए ।

फरार सूचीमा रहेका उनी बुधबार आफैं अदालत पुगरेर आत्मसमर्पण गरेका हुन् । अदालतले बयान लिएपछि थुनछेक बहस भएको थियो । किर्ते बैंक ग्यारेन्टी गरी कृषि विकास बैंकको रकम हिनामिना गरेको अभियोगमा गत साउन २७ मा बैंकले दायर गरेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले खत्रीलाई ३ दिनभित्र अदालतमा पेस गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएका थिए । मन्त्रीलगायत ५ जनाले २ पटकमा १ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको किर्ते बैंक ग्यारेन्टी पेस गरी बैंकलाई हानि पुर्‍याएको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया