पोखरा र कोरियाको ग्यान्वोनबीच साझेदारी

समाधान संवाददाता २०७६ भदौ २० गते १४:५८

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्रबीच विश्व कार्बन फोरम २०१९ को अवसरमा साझेदारी सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका मेयर मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको तर्फबाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गरेका छन् ।

सम्झौताका क्षेत्रमा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिइएको छ । स्मार्ट वातावरण मैत्री पर्यटन, स्मार्ट सहरका प्रविधि, इमोबिलिटी, वैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ । हरित टेक्नोलोजी केन्द्रले यसअघि भुटान, युगान्डा लगायत देशमा गरेका परियोजना सफल छन् । सम्झौतापछि पोखराको यातायात गुरुयोजना तयार भई कार्यान्वयनमा समेत अगाडि बढ्ने छ ।

Advertisement

सम्झौता पश्चात तिनै पक्षले विश्वमा बढिरहेको कार्बन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्झौतापछि बोल्दै पोखराका मेयर मानबहादुर जिसीले नेपालमा लगानीमैत्री वातावरण बनिसकेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्दै नेपाल हरित गृहग्यासको उत्पादन कम गर्न कटिबद्ध रहेको बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया