हमाललाई रिहा गर्न साझा पार्टीको माग

समाधान संवाददाता २०७६ भदौ २० गते १६:०६

समाधान संवाददाता, पोखरा

साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी चलाइरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ ।

साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्रमा पनि व्यक्तिगत आस्थाका आधारमा एउटा पत्रकारलाई राज्यले बन्धक बनाउनु लज्जासपद् भएको उल्लेख छ । ‘वैयक्तिक स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो । तर व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई बिनाकारण दुख दिइन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन । नेपाल पत्रकार महासंघ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्न आरोपहरु लगाएर दुख दिईरहेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

पार्टीले राज्यले लोकतन्त्रको उपहास गरेर जनताले गरेका संघर्ष र आन्दोलनको मजाक उडाएको बताएको छ । राज्य सञ्चालनमा रहेका दलहरुले लोकतन्त्रको गलत अभ्यास गरिरहेको पार्टीको तर्क छ । ‘यतिसम्म कि राज्यले सम्मानित सर्वोच्च अदालतको समेत मानहानी गर्ने काम गरेको छ । र, यो सरासर राज्यको दमन हो ।’ साझा पार्टीले संयोजक भण्डारीले भनेका छन् । साझा पार्टी गण्डकीले सरकार चाँडै सच्चिएर अगाडि बढ्नुपर्ने धारणा समेत पेश गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया