रुपाले शिक्षा दिवस मनाउँदै

समाधान संवाददाता २०७६ भदौ २१ गते १९:५८


पोखरा, २१ भदौ


कास्कीको रुपा गाउँपालिकाले आइतबार शिक्षा दिवस मनाउँदैछ । यस अवसरमा गाउँपालिकाले आयोजना गरेका विभिन्न खेल प्रतिस्पर्धामध्ये ९ विधाका फाइनल सकिएका छन् । आइतबार छात्र भलिबल र महिला कबड्डीको फाइनल हुने जानकारी गाउँपालिका अध्यक्ष नवराज ओझाले दिए ।

खेलकुद प्रतियोगितामा ३१ वटा विद्यालय सहभागी छन् । खेलकुद ३ दिनदेखि जारी छ।आइतबार जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेल हुनेछ।

Advertisement


शिक्षा तथा निजामती दिवसको अवसर पारेर आइतबार उत्कृष्ट शिक्षक, उत्कृष्ट प्रअ, दीर्घसेवा र उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट निजामती कर्मचारी उत्कृष्ट व्यवस्थापन समिति अध्यक्षलाई पुरस्कृत गरिने जानकारी पनि अध्यक्ष ओझाले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया