दसैं बसको अग्रिम टिकट बुकिङ भदौ अन्तिममा खुल्ने

समाधान संवाददाता २०७६ भदौ २३ गते १२:५१

समाधान संवाददाता, काठमाडाैं

दसैंका लागी अग्रिम टिकट बुकिङ भदाैकाे अन्तिम सातादेखि खुल्ने भएकाे छ ।

अग्रिम टिकट खुलाउने सम्बन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ । छलफल सकारात्मक रूपले अघि बढेकोले यही महिनाको अन्तिममा अग्रिम टिकट खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

Advertisement

दसैंका बेला सवारीसाधन व्यवस्थापन गर्ने विषयमा व्यवसायीबीच आन्तरिक र विभागसँग समेत छलफल भइरहेकोले छिट्टै टिकट बुकिङ खुल्ला गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘टिकट खुलाउनु ठूलो कुरा होइन । यो वर्ष नयाँ गाडी नथपिएका कारण देशका कुना काप्चामा सेवा कसरी दिने भन्ने बारे छलफल भइरहेको छ,’ उनले भने ।

Advertisement

विभागसँग हुने आगामी बैठकले अग्रिम टिकट खुलाउने विषयमा परामर्श हुने उनले जानकारी दिए ।

‘हामीले वैज्ञानिक भाडाको लागि विभागलाई जिम्मा दिइसक्यौं, यो बारेमा अहिले बोल्दैनौं, व्यवस्थापन सहज बनाउने सन्दर्भमा विभागसँग छलफलमा छौँ’ उनले भने।

तपाईको प्रतिक्रिया