गगनगौंडाबाट २५ जुवाडे पक्राउ

समाधान संवाददाता २०७६ भदौ २३ गते १३:४९

समाधान संवाददाता
पोखरा

जुवा खेल्ने खेलाउने २५ जनालाई आइतबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २ लाख ७३ हजार ४३ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए ।

पोखरा ३२ तल्लो गगनगौंडास्थित जंगबहादुर पुनको घरमा प्रहरीले छापा मारेको थियो । घरधनी पुनसहित उक्त ठाउँबाट १९ जना पक्राउ परेका हुन् । उनीहरुबाट १ लाख ६ हजार ७ सय ४८ रुपैयाँ र ८ बुक तास प्रहरीले बरामद गरेको छ ।

Advertisement

पोखरा ९ प्रगतिमार्गस्थित चन्द्रबहादुर गुरुङको घरमा समेत आइतबार प्रहरीले छापा मारेको थियो । घरधनी गुरुङसहित उक्त ठाउँबाट ६ जनालाई पक्राउ गरिएको प्रवक्ता केसीले बताए । उनीहरुबाट १ लाख ६६ हजार २ सय ९५ रुपैयाँ र ४ बुक तास प्रहरीले बरामद गरेको छ । पक्राउ २५ जना विरुद्ध नै जुवा मुद्दामा म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया