टुँडिखेलमा विश्वकर्मा कप जारी

समाधान संवाददाता २०७६ भदौ २३ गते १४:०४

समाधान संवाददाता, पोखरा

विश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पुरानो टुँडिखेलमा जारी प्रथम विश्वकर्मा कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन ७ खेल सम्पन्न भएका छन् ।

आईतबार सम्पन्न पहिलो चरणका खेलबाट नदीपुर एफसी, योङ स्टार क्लब, कस्केरी जुनियर, बौद्ध सिर्जना क्लब रामघाट, आयोजक टिम ‘सी’, फेदी एफसी र केबी गाइज विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको आयोजक संस्थाका अध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन विश्वकर्माले जानकारी दिए ।

Advertisement

उनका अनुसार पहिलो खेलमा लाहाचोक बिटी एफसी लाई ३–० को गोल अन्तरले पराजित गर्‍यो । धम्पुुस एफसी र योङ स्टार क्लबबीच भएको दोस्रो खेल १ –१ को बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत् योङ स्टार विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

तेस्रो खेलमा लेकसाइडलाई कस्केरी जुनियरले २–० गोल अन्तरले पराजित गर्‍यो । चौथो खेलमा सिक्सटिन प्रोडक्शनलाई बौद्ध सिर्जना क्लब रामघाटले ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो ।

Advertisement

पाँचांै खेलमा आयोजक टिम ‘सी’ ले भलाम एफसी लाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्‍यो । छैटौं खेलमा भदौरे एफसीलाई फेदी एफसी ले ३–१ गोल अन्तरले पाखा लगायो भने अन्तिम खेलमा डेभिजफल्स् एफसीलाई केबी गाइजले ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको स्थान सुरक्षित बनायो ।

आगामी २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १ हजार १ सय ११ र उपविजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा विद्यागत रुपमा सर्वाेत्कृट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर तथा सर्वाधिक गोलकर्ता बन्ने खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया