एसियन फोरमको सभा गाईको गोठमा

समाधान संवाददाता २०७६ भदौ २३ गते १४:१०

समाधान संवाददाता, तनहुँ

वैदेशिक रोजगारीबाट स्वदेश फिर्ता भएका नेपालीको संस्था एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम) को १५ औं केन्द्रीय साधारण सभा तनहुँको एउटा गाईगोठमा भएको छ ।

महँगा रिसोर्ट र होटलमा लाखौं खर्च गर्ने परिपाटीको अन्त्य गर्न संस्थाका गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानियाको गाउँबेसी कृषि केन्द्रको गाईगोठमा साधारण सभा गरिएको संस्थाले जनाएको छ ।

Advertisement

त्यस अवसरमा संस्थाका संस्थापक अध्यक्ष सिद्धिचन्द्र बराल, पूर्वअध्यक्ष नीरज थापा, केन्द्रीय उपाध्यक्ष श्रीकृष्ण अधिकारी, सचिव विजय गुरुङ, प्रदेश ३ अध्यक्ष शिवचन्द्र मण्डल, साहित्यकार कल्पना पौडेल जिज्ञासु, भानु नगरपालिका वडा नं. २ का अध्यक्ष अर्जुन खड्का, चितवनका मनोज कार्की, कास्की प्रतिनिधि मीरा पौडेल, भानु सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष नवीनराज दाहाल, समाजसेवी हरि काराखेती लगायतले बोलेका थिए ।

त्यसैगरी गाउँबेसी कृषि केन्द्रका सञ्चालक तथा गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानियाँ, युनिप्सका केन्द्रीय अध्यक्ष सन्तबहादुर गुरुङ, गण्डकी प्रदेशका उपाध्यक्ष शिवकुमार बराल, डीभिलेज रेस्टुरेन्टका सञ्चालक रामचन्द्र लामिछाने, दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, तनहुँ जिल्ला अध्यक्ष लालकुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष तिलक थापा, भानु एकाइ अध्यक्ष तोरणबहादुर अधिकारी लगायतले बोलेका थिए । फोरमका अध्यक्ष किस्मतमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नीलाम्बर बडालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया