आइटी ग्रुप फुटसलकाे उपाधि पोखरा फाइनान्सलाई

समाधान संवाददाता २०७६ भदौ २३ गते १५:१४

समाधान संवाददाता, पोखरा

चौथो आइटी ग्रुप फुटसल प्रतियोगिताको उपाधि पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ अन्तरले पराजित गर्दै फाइनान्सले जित हासिल गरेको हो । खेलमा बैंक तथा वित्तीय संस्था गरी ९ टिमको सहभागिता थियो ।

प्रतियोगितामा सर्वाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद २५ हजार रुपैयाँ ट्रफी र मेडल हस्तारण गरिएको थियो । उपविजेता टोलीलाई नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल हस्तारण गरिएको थियो । पुरस्कार वितरण समारोहमा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया