घरपझोङमा पढाई महोत्सव

समाधान संवाददाता २०७६ भदौ २३ गते १६:२९

एसके थकाली, जोमसोम

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकामा सोमवार पढाई उत्सव भएको छ । गाउँपालिकाले आयोजना गरेको कक्षा कोठामा आधारित शिकाई पढाई महोत्सव कार्यक्रममा गाउपालिकाका ७ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकाको शिकाई क्षमता अभिवृद्धि गर्न सरकारले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु गरेको हो ।

गाउँपालिकाले जोमसोमको जनहित मावि मा १ दिने पढाई महोत्सव गरेको शिक्षा अधिकृत हिमलाल शर्माले जानकारी दिए । बालबालिकालाई कक्षा विभाजन गरेको शिकाई महोत्सव गरेको उनले जानकारी दिए । पढाई महोत्सवका उत्कृष्ट विद्यालयलाई गाउँपालिकाले पुरस्कृत गरेको शर्माले बताए ।

Advertisement

सरकारले देशका १८ वटा जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यसको प्राविधिक सहयोग, पाठ्यपुस्तक सामग्री र समुदाय परिचालनका लागि अमेरिकी सहयोग नियोग (युएसआइडी)ले आर्थिक सहयोग गरेको छ । मुस्ताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको प्राविधिक सहयोगको जिम्मा स्टेप नेपालले लिएको छ । जिल्लाका कुल ५५ विद्यालयमध्ये विद्यार्थी संख्याका आधारमा १८ वटा विद्यालयले अनुदान प्राप्त गरेका हुन् । अनुदान प्राप्त विद्यालयले इजिआरपीले तोकेको ५ वटा कार्यक्रम शिकाई अभ्यास संञ्चालन गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया