प्रचण्ड र चिनियाँ विदेश मन्त्रीबीच भेट

समाधान संवाददाता, काठमाडाैं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रचण्ड र यीबीच काठमाडौं म्यारियट होटलमा भेटवार्ता भएको दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।
विदेशमन्त्रीसँगको भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुने बताए ।
‘आर्थिक विकासमा चिनियाँ सरकारबाट हुने सहयोग र हाम्रा अपेक्षाबारे कुराकानी भयो,’ दाहालले भने, ‘दुई देशबीच सम्बन्ध अझै सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।’
‘राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि हामीले भेटमा चर्चा गर्यौं,’ उनले भने, ‘विदेशमन्त्री असाध्यै सकारात्मक हुनुहुन्छ।’
दाहालका अनुसार चीनले आर्थिक क्षेत्रमा गुणात्मक सहयोग गर्ने विश्वास गरेका छन् ।
विदेश मन्त्रीसँगको भेटमा दुई राष्ट्रका बीच हुने भनिएका ठूला योजना ओझेलमा परेको भन्ने पत्रकारको प्रश्नमा दाहालले ती योजना पनि तयारीकै क्रममा रहेकाे जवाफ दिए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया