फोर्स मोटर्सको सो रुम हेटौंडामा

समाधान संवाददाता २०७६ भदौ २४ गते १३:१४

समाधान संवाददाता
पोखरा

हिमालय अर्गनाइजेसन पोखरा अन्तर्गतको फोर्स मोटर्सको सोरुम हेटौंडाको सानो पोखारामा सुरुआत भएको छ । आइतबार मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले संयुक्त रुपमा सो रुम सुरुआत गरे ।

प्रदेश नं. ३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीको माग उच्च रहेको र स्थानीयमा फोर्स गाडीको माग बढेकाले शाखा हेटौंडामा विस्तार गरिएको जनाइएको छ । कम्पनीले विजयादशमी, दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै वशेष छुटका योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष थापाले बताए ।

Advertisement

कम्पनीका अनुसार दसैं तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकले अधिकतम ४ लाखसम्म छुट तथा विषेश उपहार प्राप्त गर्न सक्ने छन् । फोर्स ब्रान्डका गाडी बढी टिकाउ हुने, इन्धन किफायती र आरामदायी भएको कम्पनीको दाबी छ । यी गाडीमा ३ वर्ष वा ३ लाख किमीसम्मको वारेन्टी सुविधाका साथै ६ पटकसम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध छ ।

५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्रान्डका गाडी आयात तथा बिक्री वितरण गर्दै आएको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै अएको छ भने कार्गो किङ पिकप, ट्राभलर बस, मिनी बस तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

Advertisement

यस गाडीको काठमाडौंको गैरीधारामा र पोखराको चाउथेमा पनि सोरुम छन् । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रवन्ध निर्देशक निरन केसीले बताए । बिक्रीसँगै बिक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टस्को उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्राथमिकतामा राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया