एग्बोसाको सभा, ३ जनालाई सम्मान

समाधान संवाददाता २०७६ भदौ २४ गते १६:१६

गण्डकी आवासीय उच्च माविको भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा) ले आयोजना गरेको १२ औँ वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । त्यस अवसरमा उक्त विद्यालयका पूर्वप्राचार्य जोर्ज जोन, शिवलाल धिताल र पूर्व विद्यार्थी गायक अमृत गुरुङलाई सम्मान गरिएको एग्बोसाका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।

उक्त विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले ३ जना व्यक्तित्वलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । पूर्वविद्यार्थीद्वय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठ लगायत स्रष्टा कार्यक्रममा सहभागी थिए ।

एग्बोसा अध्यक्ष्य कमलबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सहसचिव सञ्जय भण्डारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया