विप्लवका छोरा प्रकाशसहित १५ पक्राउ
समाधान संवाददाता
२०७६ भदौ २५ गते १२:०२

समाधान संवाददाता, चितवन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहितका विद्यार्थीहरू पक्राउ परेका छन् । प्रकाश प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् ।
चितवन मेडिकल कलेज भरतपुरमा आन्दोलन गरिरहेका उनीहरूलाई बुधबार बिहान चितवन प्रहरीले पक्राउ गरेको हो ।
मेडिकल कलेजमा आन्दोलन गरेर सेवा प्रभावित गर्न खोज्ने विद्यार्थी र सर्वसाधरण गरी १० पुरुष र ५ महिलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित थिए ।
प्रकाशले सोही मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका छन्।
सम्बन्धित









पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया