पत्रकार ओम हमाल रिहा

समाधान संवाददाता २०७६ भदौ २५ गते १२:१३

समाधान संवाददाता, पोखरा

पत्रकार ओम हमाललाई सर्वोच्च अदालतको आदेश अनुसार मंगलबार रिहा भएका छन् । पत्रकार हमालकी श्रीमती मोनिका गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिहालगत्तै नेपाल बार एसोसिएसनको प्रांगणमा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले हमाललाई सम्मान गरेका छन् ।

भदौ ८ गते नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जैसीले दाखिल गरेको बन्दी प्रत्यक्षीकरण रिटउपर आदेश जारी गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

Advertisement

तर पत्रकार हमाललाई पुन पक्राउ गरी काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो । उनलाई सर्वोच्चको आदेश विपरीत फेरि पक्राउ गरेपछि पत्रकार महासंघले सूचना तथा सञ्चार मन्त्रीलाई ध्यानाकर्षण गराइसकेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया