भानुभक्तमा कानुनको सन्ध्याकालीन कक्षा

समाधान संवाददाता २०७६ भदौ २५ गते १५:१६

भानुभक्त आवासीय माध्यमिक विद्यालयले वयस्क उमेर समूहलाई लक्ष्य गरी कक्षा ११ र १२ मा कानुन कक्षा सञ्चालनमा ल्याएको छ । एलएलसी तथा एसइईपश्चात विभिन्न कारणले बीचमै पढाइ छोडेकालाई पुन शिक्षा दिने गरी कक्षा सञ्चालन गरेको विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले जानकारी दिए ।

‘विद्यालयले जिल्लामै पहिलोपटक कक्षा ११ र १२ मा कानुन पढाइ सुरु गरेको छ । अहिले विभिन्न कारणले पढाइलाई निरन्तरता दिन नपाएकालाई पनि फेरि पढाइ सुरु गर्न मिल्ने गरी कक्षा सञ्चालन गरेका छौं,’ लामिछानेले भने, ‘वयस्क समूहका विद्यार्थीका लागि सन्ध्याकालीन कक्षा सञ्चालन गरेका छौं ।’

Advertisement

विद्यालयले सन्ध्याकालीन कक्षा भदौको पहिलो हप्तादेखि सुरु गरेको हो । ‘विद्यालयलले कानुनी कक्षा सञ्चालन भएपछि वयस्क समूहका पनि धेरै आउनु भयो । अनि हामीले उहाँहरुले साँझ कक्षा भए सजिलो हुन्थ्यो भन्ने विचार राखेपछि सन्ध्याकालीन कक्षा सुरु गर्न लागेका हौं,’ लामिछानेले भने ।

विद्यालयमा हाल ५ सय जना विद्यार्थी छन् । लामिछानेले व्यस्तताका कारणले एसएलसी र एसइईपश्चात पढाइ सुरु गर्न नपाएका वयस्क समूहले सन्ध्याकालीन कक्षामार्फत पढाइ पूरा गर्न सकिने जानकारी दिए । ‘भर्ना अभियान चलिरहेको छ । त्यसका लागि केही सिट अझै बाँकी छ । इच्छुकले विद्यालयमा सम्पर्कमा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया