पुरुषोत्तमकोे ‘नाकै माथि फुली’

समाधान संवाददाता २०७६ भदौ २६ गते १२:२८

समाधान संवाददाता, पोखरा

लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको ‘नाकै माथि फुली’ गीत बिहीबार सार्वजनिक भएको छ । जन्मदिनको अवसर पारेर उनले मध्यपश्चिम क्षेत्रमा लोकप्रिय सिंगारु गीत सार्वजनिक गरेका हुन् ।

गीतमा न्यौपाने र शक्ति चन्द्रको आवाज छ । गीतको लय तथा शब्द संकलन किरण बाबु पन्त र एरेन्ज राजु सुनामले गरेका छन् । गतिको भिडियो पनि तयार भइसकेको छ । ‘यो कल्चरल गीत हो, गीतसँगै म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ, पक्कै दर्शक स्रोताको मन जित्नेछ,’ न्यौपानेले भने ।

Advertisement

स्याङ्जाको बलाममा जन्मेका न्यौपानेले हालसम्म १ हजार भन्दा बढी गीतमा आवाज भरिसकेका छन् । उनी रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया