माछापुच्छ्रे–बिजी अस्पतालबीच सम्झौता

समाधान संवाददाता २०७६ भदौ २६ गते १२:४२

समाधान संवाददाता, पोखरा

माछापुच्छ्रे बैंक र र बिजी अस्पताल एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रेको तर्फबाट पोखरास्थित रामबजार शाखा प्रमुख वीरेन्द्र केसी तथा बिजीका निर्देशक निर्मल लामिछानेले हस्ताक्षर गरेका छन् ।

अब माछापुच्छ्रेका ग्राहकले बिजी अस्पतालले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । बिजी अस्पतालले उपचार गराउन आउने बैंकका ग्राहकलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान, एक्सरे, म्यामोग्राफी, इसिजी, इको, इन्डोस्कोपी, बेड चार्ज लगायतका सेवामा छुट दिनेछ ।

Advertisement

बैंकले हिमालदेखि पहाड र तराईसम्म १ सय ३६ वटा शाखा, १ सय २१ शाखारहित बैकिङ सेवासमेत गरी २ सय ५७ स्थानबाट सेवा दिइरहेको छ । बैंकका देशभर १ सय ५९ वटा एटिएम छन् ।

Advertisement

तपाईको प्रतिक्रिया