यमाहा मेलामा अनिललाई १ लाखको चिठ्ठा
समाधान संवाददाता
२०७६ भदौ २६ गते १२:५८

समाधान संवाददाता, पोखरा
विश्वकर्मा अटो वक्र्सले सभागृहमा सञ्चालन गरेको यमाहा महामेलामा १ भाग्यशाली ग्राहकले १ लाख प्राप्त गरेका छन् । यमाहाको सलुटो बाइक खरीद गरेका रौतहटका अनीलप्रसाद शाह कलवारले लक्की ड्रमार्फत १ लाख प्राप्त गरेको अटो वक्र्सका सुरेन्द्र रेग्मीले बताए । बाइक खरीद गर्दा अहिलेसम्मकै सर्वाधिक राशि अनिलप्रसादले हात पारेको उनको भनाइ छ ।
बाइक किन्दा १ लाखको चिठ्ठा परेपछि अनीलप्रसाद दंग छन् । उनले भनेका छन्, ‘बाइक किन्दा १ लाख प्राप्त होला भन्ने सोचेको थिइनँ ।’
मेलामा बुधबारसम्म १ सय ५३ वटा नयाँ बाइक बिक्री भए । यमाहाको नयाँ मोडलको एमडी १५ बाइक पनि बजारमा आएको रेग्मीले जानकारी दिए । भदौ २२ देखि सञ्चालन भएको मेला बिहीबार सकिँदै छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया