बक्रेक स्कुललाई युवा उद्यमी मञ्चको सहयोग

समाधान संवाददाता २०७६ भदौ २६ गते १३:०३

समाधान संवाददाता
पोखरा

२०७२ सालको भूकम्पबाट क्षति भएको कास्कीको पोखरा २१ कृस्तिस्थित तत्कालीन बक्रेक आधारभूत विद्यालयलाई नेपाली युवा उद्यमी मञ्च पोखराले सहयोग गरेको छ । मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलको नेतृत्वमा ३ वटा कोठामा सिलिङ निर्माण कार्य गरी मञ्चले हस्तान्तरण गरेको हो । बुधबार सिलिङ निर्माणको अनुगमन तथा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले भूकम्पपछि विद्यालयलाई मञ्चले निरन्तर सहयोग गर्नु प्रशंसनीय र उदाहरणीय कार्य भएको बताए । ‘तत्कालीन रुपमा धेरैले सहयोग गर्छन्,’ उनले भने, ‘निरन्तर सहयोग प्रदान गर्नु राम्रो र उदाहणीय पक्ष हो ।’ मञ्चल यस अगाडि पनि उक्त विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको छ ।

Advertisement

भूकम्पपछि भवन निर्माणदेखि हालसम्म मञ्चले विद्यालयलाई सोलार सिस्टमसहित कम्प्युटर सहयोगसमेत गरिसकेको छ । आफूले बनाएका २ वटा कोठामा मञ्चले पहिले नै सिलिङ निर्माण गरिसकेको थियो । चाइनिज सहयोगमा बनेको नयाँ भवनमा टिनको छानोले गर्मी बढेपछि यस पटक सिलिङ निर्माण गरिएको हो । मञ्चले वर्षेनी शैक्षिक सामग्रीसमेत सहयोग गर्दै आएको छ । भूकम्पपछि क्षतविक्षत भएको विद्यालयमा निरन्तर सहयोग गर्ने अभियानमा मञ्चलाई सक्रिय बनाउन पाउँदा निकै हर्षित महसुस भएको मञ्चका अध्यक्ष वैभव पौडेलले बताए ।

सिलिङ हस्तान्तरणसँगै मंगलबार विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री पनि सहयोग गरिएको प्रेसिडेन्ट नोमिनीमा सुनीलबहादुर भट्टराईले जानकारी दिए । मञ्चको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिंदै थप रचनात्मक गतिविधि सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले प्रतिबद्धता व्यक्त गरे । सिलिङ निर्माण पछि पठन पाठनमा सहज भएको प्रधानाध्यापक राजेन्द्रसिंह कार्कीले बताए । ‘मञ्चले वर्षेनी विद्यालयलाई सहयोग गर्दै आएको छ,’ उनले भने, ‘मञ्चको सहयोगले विद्यालयको पठनपाठनमा निकै राहत मिलेको छ ।’

Advertisement

मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलसहित यस अगाडिका अध्यक्षहरु सुमन विजुक्छे, ज्ञानेश्वरराज श्रेष्ठ, सरोज श्रेष्ठ र प्रकाशदेव पालिखे सबैको कार्यकालमा विद्यालयलाई कुनै न कुनै सहयोग प्रदान गरिरहेको कार्यक्रम संयोजक सन्तोष घिमिरेले बताए । कास्कीको ल्वाङघलेलको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयलाई पनि मञ्चले भूकम्पदेखि हालसम्म निरन्तर सहयोग गर्दै कार्यक्रम संयोजन युवा उद्यमी सन्तोष घिमिरेले गर्दै आएका छन् । मञ्चको निरन्तरको सहयोगले विद्यालयको पठन पाठनमा निकै राहत मिलेको विद्यालयका अध्यक्ष हरिबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया