शरीर बन्धक बनाएको आरोपमा ४ पक्राउ

समाधान संवाददाता
पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले अपहराण तथा शरीर बन्धक बनाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
बुधबार पोखरा ९ शान्तिवन नजिकै रहेको निर्माण व्यवसायीको भवनबाट प्रेम थापा, गौतम थापा, बासु पोख्रेल, र रोहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुले बुधबार बिहान करिब ९ बजे निर्माण व्यवसायी रतन बहादुर कार्की (जिवन) लाई पोखरा ९ शान्ति नजिकैबाट नियन्त्रमा राखेर धम्की दिएका थिए । उनीहरुले प्रयोग गरेको ग २ च २७४९ नम्बरको कार र ग १२ प ९८५७ नम्बरको मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले जीवनलाई कारमा राखेर धम्क्याएको र पिटेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरी प्रमुखका कार्कीका अनुसार उनीहरुले मिटर ब्याजमा लगाएको पैसा नतिरेको भन्दै जीवनलाई बन्धक बनाई धम्की दिएका थिए ।
उनीहरुले मंगलबार बेलुका पनि लेकसाइडस्स्थित आफ्नो घर घेराउ गरेको प्रहरीसमक्ष जीवनले बयान दिएका छन् । उनीहरुले आफूलाई केही समय अगाडिदेखी धम्की दिँदै आएकोे कास्की प्रहरीमा जीवनले मौखिक जानकारी दिएका थिए ।
जीवनले केही समय अगाडि मिटर ब्याजमा प्रेम थापा, गौतम थापा, बासु पोख्रेल, र रोहित सुनार टोलीसँग पैसा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । तर लिएको रकम पैसा फिर्ता गरिसक्दा पनि उनीहरुले पहिलेको कागज देखाउदै आफूलाई धम्क्याएर पैसा मागेको जीवनको दाबी रहेको एसपी कार्कीले बताए । मिटर ब्याजको विषयमा धेरै प्रमाण अहिले नभएका कारण घटना के हो भनेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसभन्दा अघि ५ पटकसम्म आफूलाई केही समय बन्धक बनाएर धम्की दिने, हात हतियार देखाउने गरेको जीवनले प्रहरीसमक्ष बताएका छन् । गौतम थापाको नेतृत्वमा गएको समूहले बुधबार बन्धक बनाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जीवन कार्कीले किटानी जाहेरी दिएका छन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया