अनेरास्ववियुद्वारा डेंगु तथा सेताे पुतली सचेतना

समाधान संवाददाता २०७६ भदौ २६ गते १३:३६

समाधान संवाददाता, पोखरा

अनेरास्ववियु कास्कीले डेंगु तथा सेतो पुतलीसम्बन्धी सचेतता कार्यक्रम संस्कृत मावि बगरबाट सुरु गरेको छ । ३ दिनसम्म चल्ने अभियानमा वरिष्ठ चिकित्सक सन्देशरमण पराजुली र नेत्र विशेषज्ञ सुवास नेपालले प्रशिक्षण दिए ।

कार्यक्रम उद्घाटनपछि नेकपा केन्द्रीय सदस्य भीम कार्कीले डेंगु तथा सेतो पुतलीसम्बन्धी रोग राष्ट्रिय स्तरबाटै निर्मुल गर्न सरकार लाग्नुपर्ने र त्यसका निम्ति सरकारलाई अनुरोध गरिएको बताए । कार्यक्रममा वडाध्यक्ष अध्यक्ष शारदा सुवेदी, नेकपा नेता महेश्वर पोख्रेल, धु्रव पराजुली लगायत उपस्थित थिए ।

Advertisement

अभियानमा कास्कीका करिब २० वटा सामुदायिक स्कुलमा कार्यक्रम गरिने अनेरास्ववियुका सदस्य माधव गौतमले बताए । बुधबार संस्कृत मावि, बालमन्दिर मावि, बाराही माविमा प्रशिक्षण दिइएको हो । बिहीबार अमरसिंह मावि, पार्दी मावि राष्ट्रिय मावि लगायतमा प्रशिक्षण हुनेछ । अनेरास्ववियु कास्कीका नेता शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विशाल तामाङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया