सुत्केरीलाई जन्टाकाे सचेतना कार्यक्रम

समाधान संवाददाता
पोखरा
अन्तर्राष्ट्रिय संस्था जन्टाले बिहीबार पोखरामा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी सचेतना कार्यक्रम आयोजना गर्यो । जन्टा सय वर्ष पुगेको अवसरमा एरिया–२ डिष्ट्रिक्ट २५ अन्तर्गत पोखरा क्लबले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका सुत्केरी महिलालाई स्वास्थ्यबारे सचेतना दिएको हो ।
सुत्केरी भएपछि गर्नपर्ने काम, बच्चालाई दूध खुवाउने तरीका, सुत्केरी महिलाको आहार, स्वास्थ्य र सरसफाइसम्बन्धी जानकारी दिइएको हो । संस्थाकी डिमार्टमेन्ट चिफ गंगा शाक्य रञ्जितले सुत्केरी महिलाले सरसफाइमा ध्यान दिनुपर्ने बताइन् । उनले सुत्केरी आमाले बच्चाको पलपलमा ख्याल गर्नुपर्ने, बच्चा नरोएमा तथा धेरै रोएमा ध्यान दिनुपर्ने औंल्याइन् । उनले बच्चाले दूध खाने र आमाले खुवाउने तरिका बारेमा पनि प्रकाश पारिन् ।
संस्थाकी सर्भिस डाइरेक्टर डाइटिसियन श्रीविद्या कायस्थले बच्चाको उमेरसँगै खुवाउनुपर्ने पोषण तत्वका बारेमा दिइन् । अहिले देशभर फैलिएको डेंगु रोग लाग्नबाट जोगाउन अस्पतालमा रहेका २१सुत्केरीलाई झुलसमेत वितरण गरिएको छ । अमेरिकाको न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको जन्टा ५ वर्षअघि नेपालमा विस्तार गरिएको हो । पोखरामा भने केही अघिमात्र संस्था स्थापना भएको हो । पोखरा क्लबको नेतृत्व लिना श्रेष्ठ गोशेलीले गरेकी छन् ।
महिला सशक्तीकरणका काम गर्ने उनले बताइन् । अध्यक्ष गोशेलीले संस्थाको नीति अनुरुप पौढ शिक्षा सञ्चालन, पहिलो पटक हुने रजस्वलाबारे सचेतना, महिला हिंसा विरुद्ध आवाज उठाउने संस्था उद्देश्य भएको जनाइन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया