मुस्ताङमा सरकारी मोटरसाईकल दुरुपयोग

समाधान संवाददाता २०७६ भदौ २७ गते १५:४८

समाधान संम्वाददाता, जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित वडा कार्यालयले प्रयोग गर्ने सरकारी मोटरसाईकल दुरुपयोग भएको पाईएको छ । कार्यालयले प्रयोग गर्ने ग १ ब १११२ नम्बरको आरटीआर मोटरसाईकल गैर व्यक्तिले चलाउदा बिहिबार जोमसोममा सामान्य दुर्घटना भएको छ ।

ट्याक्सी चालक समेत रहेका कुमार लामाले कार्यालयको सरकारी मोटर साईकल चलाएका हुन् । खिङ्गाबाट ट्याक्सीको सामान किन्न सदरमुकाम जोमसोम आउने क्रममा दुर्घटना हुदा ट्राफिक कार्यालयले चेकजाचमा गरेको हो । उनको लाईसेन्स समेत नभएको र वडा भएको ट्राफिक हवल्दार गेहेन्द्रप्रसाद सिंखडाले जानकारी दिए ।

Advertisement

चालकको लाईसेन्स नभएपछि मोटरसाईकल नियन्त्रणमा लिएको छ । सरकारी मोटरसाईकल वडा अध्यक्ष बीरबहादुर गुरुङ संग मागेर चलाएको चालक लामाले ट्राफिक समक्ष बताएका छन् । यता, वारागुङ मुक्तिक्षेत्रका वडाअध्यक्ष बीरबहादुर गुरुङले सरकारी मोटर साईकल दुरुपयोग गर्ने आफ्नो नियत नभएको बताए ।

सरकारी साधन दुरुपयोग गर्न हुन्न भन्ने आफुलाई राम्ररी ज्ञान भएको तर ट्याक्सी मार्फत गाउकै स्कुले वालवालिका ओसार÷पोसार गर्ने व्यक्ति भएकाले सहयोग गरेको बताए । क्याप्सनः वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित वडा कार्यालयको सरकारी मोटर साईकल नियन्त्रण । तस्विर सौजन्य तृष्णा गौचन शेरचन ।

Advertisement

तपाईको प्रतिक्रिया