चन्द्र खत्रीको सांगीतिक कोसेली ‘दिलको घाउ’

समाधान संवाददाता, पोखरा
चाडबाड आउँदा आफ्ना परिवारजन र इष्टमित्रको स्वाभाविक सम्झना आउँछ । सबै परिवार मिलेर साथै नजिकै आएको दसैं मनाउन पाए नि हुन्थ्यो भन्ने तिर्सनाले सताउँछ ।
चन्द्र खत्रीले खिपेको शब्द लयमा कालिका रोकाको स्वरले आफ्ना दर्शकस्रोतालाई पुनः एकपटक भावुक बनाएको छ । मायालुको यादले हुरुक्कै बनाएको भाव गीतमा चन्द्रले प्रस्तुत गरेका छन् ।
चर्कियो दिलको घाउ
धान पाक्यो झाटियो, कोदो पाक्यो काटियो
काफल पाक्यो भन्न लायो चरीले
हे मेरा पियारा छिटै घर आउ….
जापानमा बसेर पनि नेपाली गीत संगीतलाई माया गरिरहने चन्द्र खत्रीको नयाँ भाकालाई दर्शक स्रोताले हौसला थपिदिएका छन् । युट्युबमा उनको आफ्नै एकाउन्टबाट १ साताअघि रिलिज भएको उक्त गीतमा राम्रो भ्यू पाएको छ ।
साई भिजन प्रालिले बजारमा ल्याएको गीतलाई छम खत्रीले प्रस्तुति दिएका छन् । एरेन्ज, सिनेम्याटोग्राफीदेखि छायांकनसम्मको उत्कृष्टता भिडियोमा देख्न सकिन्छ । गीतमा सारिका केसी र गोर्ख खत्रीले अभिनय गरेका छन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया