थकाली कुमार यात्रा(फालो) प्रभु बैङ्कको आर्थिक सहयोग

एसके थकाली, जोमसाेम
मुस्ताङको थाकसात सय क्षेत्रमा बसोबास गर्ने थकालीको ऐतिहासिक ,धार्मिक तथा सांस्कृतिक पर्व कुमार यात्रा ( फालो ) पर्वका निमित्त थासाङ–२ स्थित प्रभु बैङ्कको कोवाङ शाखाले आर्थिक सहयोग गरेको छ । शाखा प्रमुख प्रबुत थकालीले फालो पर्वका लागि नगद १० हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् । बैङ्कले संरक्षण तथा सामाजिक उत्तरदायित्त निर्वाह गर्ने उद्देश्यले फालो पर्व अर्थात कुमार यात्रालाई सहयोग उपलब्ध गराएको थकालीले बताए ।
बैङ्कले उक्त क्षेत्रका सर्वसाधारण तथा स्थानीय कृषकहरुका माझ सबै प्रकारको निक्षेप तथा कृषि कारोबार सुविधा र रकम भुक्तानी लगायतका सेवा प्रवाह गर्दै आईरहेको उनको भनाई छ । बैङ्कले विगत देखिनै विभिन्न क्षेत्रका संस्थागत तथा सामाजिक निकायमा उत्तरदायित्त निर्वाह गर्दै आईरहेको र भविष्य पनि यसप्रकारको अभियानलाई निरन्तर अघि बढाउदै जाने बैङ्कको लक्ष्य रहेको शाखा प्रमुख थकालीले उल्लेख गरे ।
यसअघि थाक सातसय क्षेत्रमा बसोबार गर्ने थकालीहरुले बर्सेनि थकाली फालो पर्व कुमार यात्रा सास्कृतिक रुपमा मनाउने क्रममा पर्व सम्पन्न भएको हो । गत भाद्र १९ गते देखि २३ गते सम्म थासाङको कोवाङमा कुमार यात्रा – फालो सम्पन्न भएको रमेश भट्टचनले जानकारी दिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया