फेवाताल किनारमा सफाइ अभियान

समाधान संवाददाता २०७६ भदौ २९ गते १३:२३

समाधान संवाददाता
पोखरा

फेवाताललाई स्वच्छ, सफा र सुन्दर बनाउन विभिन्न प्रयास भइरहेकै छ । शनिबार पोखरामा जारी सफाइ अभियानको १ सय ७२ औं शृंखला फेवाताल किनारमा भएको छ । सफाइ अभियानसँगै खहरे आमा समूहको १ सय ३३ औं हप्ताको सफाइ अभियान पनि भएको छ ।

अभियानमा सहभागीले फेवाताल किनारको जलकुम्भी झार हटाएका थिए । अभियानमा पश्चिमाञ्चल होटल संघका प्रतिनिधि, पोखराका मेयर मानबहादुर जिसी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि लगायतल सहभागी थिए ।

Advertisement

यसपालिको सफाइ अभियानमा माछापुच्छ्रे महिला समूह, डेमसाइड टोल विकास संस्था, मुक्तिनाथ विकास बैंक, गण्डकी विकास बैंक, वुइ आर फ्रेन्डर्स युवा समूह, अभियान महिला समूह, लायन्स क्लब अफ भृकुटी र जलारी समुदायले सामूहिक रुपमा ऐक्यवद्धता जनाएका थिए ।

सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले यो नागरिक स्तरको स्वच्छिक अभियान भएको बताए । उनले सरकार, जनप्रतिनिधिलाई उत्तरदायी बनाउन र नागरिकलाई सरसफाइबारे सचेत बनाउन अभियान सञ्चालन गरिएको उनको भनाइ छ । पौडेलले भने, ‘पर्यटकीय सहर पोखरालाई स्वाच्छ राख्न यसले सघाएको छ । ठाउँ ठाउँमा सफाइका यस्तै अभियान पनि चलेका छन् ।’ लगातार तेस्रो हप्ता फेवाताल किनारमा सफाइ अभियान आयोजना गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया