प्रवेश परीक्षा नरोक्न सर्वाेच्चको आदेश

समाधान संवाददाता २०७६ भदौ ३० गते १३:२१

समाधान संवाददाता, काठमाडौं

त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयले सञ्चालन गर्न लागेको प्रवेश परीक्षा यथावत गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार संकुचित हुने गरी विभिन्न विश्वविद्यालयहरुले प्रवेश परीक्षा गरेको भनी दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रवेश परीक्षा यथावत गर्न आदेश जारी गरेको हो ।

आदेशपछि विभिन्न विश्वविद्यालयमा रोकिएका प्रवेश परीक्षा यथावत हुनेछन् । ‘हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र शैक्षिक प्रतिष्ठानको शैक्षिक सत्रको कार्यतालिका नै प्रभावित हुने गरी अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव देखिन आएन’ न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोज शर्माको इजलासको आदेशमा भनिएको छ ।’

Advertisement

चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै १ विद्यार्थीले रिट निवेदन दर्ता गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया