विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा राजेन्द्र

समाधान संवाददाता २०७६ भदौ ३० गते १४:१४

समाधान संवाददाता
पोखरा

विजय ढकाल सहिद स्मृति प्रतिष्ठान पोखराको पाँचौं अधिवेशनले राजेन्द्र पौडेलको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश अणनाथ बराल, भीम रानाभाट, सूर्यबहादुर कार्की र माधवप्रसाद मिश्र छन् ।

प्रतिष्ठानका सदस्यमा मनुमाया खत्री, कल्पना चिलुवाल, राजेन्द्रमणि पौडेल, तारा पौडेल, शिव खनाल, हेमबहादुर थापा, राजु क्षेत्री, सिर्जना ढकाल, गोमा ढकाल र श्रीकृष्ण अधिकारी छन् । विजय ढकाल तत्कालीन नेकपा माओवादी कास्की सेक्रेटरी थिए । उनको कास्कीको निर्मलपोखरीमा २०६१ पुस २९ गते गोली हत्या भएको थियो । ढकालको स्मृतिमा सहिद, बेपत्ता परिवारको हितमा काम गर्न प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानले पोखराको सहिदचोकमा पार्क निर्माण, सभाहल पनि बनाएको छ ।

Advertisement

सहिद विजयकी आमा पारु ढकाल र बेपत्ता पूर्ण पौडेलकी आमा मोतिमाया पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा मानवअधिकारकर्मी टेकनाथ बराल, नेकपा नेता विश्वप्रकाश लामिछाने, नेकपा नेतृ तेजकुमारी पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा नेकपा नेता झलकपाणि तिवारीले ठूलो त्यागपछि बनेको नेकपाको दुई तिहाइको सरकारले पनि जनयुद्धका बेपत्ता र सहिद परिवारको भावना सम्बोध गर्न नसक्नु दुखद भएका बताए । उनले भने, ‘न सहिद परिवारलाई राहत छ, न बेपत्ताको सार्वजनिकीकरण । हामीलाई लाज लागिसक्यो । सरकारमा हुनेहरुलाई लाज लाग्या छ कि छैन कुन्नि ?’

Advertisement

तपाईको प्रतिक्रिया