लमजुङ केन्द्र भई भुकम्पकाे धक्का
समाधान संवाददाता
२०७६ भदौ ३१ गते १३:१५
समाधान संवाददाता, लमजुङ
लमजुङ केन्द्रबिन्दु भएर आज विहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ ।
मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ ।
भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ ।
यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया