मुख्यमन्त्री गुरुङद्वारा दोबिल्ला कटान क्षेत्र निरीक्षण

समाधान संवाददाता २०७६ भदौ ३१ गते १३:४५

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा १७ र २१ जोड्ने दोबिल्लास्थित फुस्रेखोला पुलसहित कटान क्षेत्रको सोमबार निरीक्षण गरेका छन् । अवलोकनका क्रममा स्थानीय बासिन्दा र सरोकारवालासँग अन्तक्र्रिया गर्दै उनले पुल र बस्तीको संरक्षणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फुसे्रखोलाको कटानका कारण जोखिममा पर्ने गरेको पुल र आसपासको सडकसहित बस्तीको उनले निरीक्षण गरेका हुन् । बर्सेनि कटानका कारण जोखिममा परेको दोबिल्ला पुल नजिकै गत वर्षबाट तटबन्ध गरी नियन्त्रण प्रयास गरिएको छ ।

Advertisement

सेतीनदी र फुस्रेखोलाको संगमस्थलका रुपमा रहेको दोबिल्ला क्षेत्रको संरक्षण गरी जोखिम न्यूनीकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्बन्धित निकायबाट तदारुकता देखाउनुपर्ने स्थानीय बासिन्दाले मुख्यमन्त्रीसँग माग राखेका थिए ।

दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमी लगायत विभिन्न संघ, संस्थासहित बस्ती र जग्गासमेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया