पत्रकार भरतलाई आर्थिक पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०७६ असोज १ गते १४:२६

समाधान संवाददाता
पोखरा

पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ (पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान गर्ने भएको छ । संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ संयोजक रहेको प्रतिभा चयन उपसमितिले कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । समिति सदस्यहरु संघका पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्य, पूर्व कोषाध्यक्ष दिलीपराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार रमेश पौडेल र पोउवा संघका कार्यसमिति सदस्य हरिराज पन्त सदस्य रहेका थिए ।

संघले आफ्नो ६५ औँ अधिवेशनको अवसरमा असोज ४ गते पुरस्कार अर्पण गर्ने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । हरेक २ वर्षमा प्रदान गरिने उक्त पुरस्कार नगद ३५ हजारसहित सम्मानपत्र छ ।

Advertisement

कोइरालाले पत्रकारिताको माध्यमबाट समग्र पोखराको आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । कोइराला समाधान दैनिकका कार्यकारी सम्पादक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया